२०७८ कार्तिक ५ गते शुक्रवार
२०७८ कार्तिक ५ गते शुक्रवार

डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं,
६ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटर दुई रुपैयाँ घटाएको हो।

निगमले निर्धारण गरेको नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा विक्री मूल्य लिटरको एक सय आठ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ कामय गरिएको छ।

नयाँ मूल्य सोमबार रातीबाट कार्यान्वयन भएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। एलपी ग्यास र हवाई ईन्धनको मूल्य यथावत राखिएको छ।