२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

२० वर्षपछि पर्सेनीमा ‘भोटे’ मेला लाग्दै

तुलसीपुर,
६ फागुन । लामो समयपछि तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ पर्सेनीमा भोटे मेला लाग्ने भएको छ । २० बर्षपछि यही फागुन ९ गते शिवरात्रीको दिन पर्सेनीमा भोटे मेला लगाउने तयारी गरिएको छ ।

२०५६ सालदेखि लाग्न नसकेको मेला पुनः लगाउने गरि तयारी थालिएको वडाध्यक्ष टोपबहादुर के.सी.ले बताए । हिमाली भेगतिरबाट जाडो छल्न घोडासहित दाङ झर्ने भोटेहरुको सम्झनामा मेला लाग्ने गर्दथ्यो । तर केही समयदेखि यो मेला लोप हुँदै गएको थियो ।

यो मेला हिमाल, पहाड तथा तराईलाई जोड्ने काम गरेको भन्दै यसको इतिहास जोगाउनुपर्ने उनले बताए । यो मेलाले तत्कालिन समयमा अस्पताल र औषधी नहुँदा जुम्ला, हुम्ला, डोल्पा लगायतका भोटेहरुले ल्याउने जडिबुटीलाई औषधीको रुपमा प्रयोग गर्ने गरिन्थ्यो । तर यातायातको सहज पहुँच भएपछि यो मेला लोप हुँदै जान थालेको हो । २० बर्ष पछि लाग्न लागेको उक्त मेलामा घोडा दौड प्रतियोगिता पनि हुनेछ ।