२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

डिभाइन टेम्पलको २१ हजार सहयोग र १२ सम्म नि:शुल्क शिक्षा

झुपु क्षेत्री,
बबई ६ फागुन । गत माघ १२ गते भबन निर्माणको क्रममा दुवईमा निधन भएका दाङ बबई गाउँपालिका वडा नं. ५ बबरपुरका सोमराज वलीको परिवारलाई तुलसीपुरको डिभाइन टेम्पल एकाडेमीले २१ हजार आर्थिक सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरा स्थित डिभाइन टेम्पल एकाडेमीले घरमै गएर वलीको परिवारलाई आर्थिक सहयोग गरेको हो ।

डिभाइन टेम्पल एकाडेमीका संस्थापक तथा प्रिन्सिपल भोजराज न्यौपाने र डिभाइन ईन्स्टिच्युट का एमडि हिमाल डाँगी र कक्षा ८ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु घरमै गएर मृतक प्रती श्रद्धाञ्जली अर्पण गर्दै परिवारजन प्रती भाबपुर्ण सम्बेदना प्रकट गरेका थिए । सोमराजका छोरा डिभाइन टेम्पल एकाडेमी कक्षा ८ मा अध्ययन गर्छन ।

बुवाको मृत्यु र आमा रूखबाट लडेर घाईते भएर अशक्त रहेकाले डिभाइन एजुकेसन फाउन्डेसनको तर्फबाट रु. २१ हजार आर्थिक सहयोग र सोमराजका छोरालाई बस्ने, खाने देखि कक्षा १२ सम्म निःशुल्क पठनपाठनको जिम्मा लिने संस्थापक तथा प्रिन्सिपल भोजराज न्यौपानले गरेका छन् ।

साथै एकाडेमीको पुरानो तिर्नु पर्ने रकम करिब ३० हजार पनि मिनाहा गर्ने प्रिन्सिपल न्यौपानले प्रतिबद्धता व्यक्त गरेका छन् ।