२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

प्रदेश ५ को नाम र राजधानी टुंगो लगाउन कांग्रेसको दबाब

बुटवल,
६ फागुन । प्रदेश ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थायी राजधानी र नाम छिटो टुंगो लगाउन माग गरेको छ ।

आज बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अष्टभुजा पाठकले प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव तत्काल प्रदेशसभा बैठकमा नल्याए संसद अवरुद्ध गर्ने चेतावनी दिए ।

संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद पाठकले प्रदेशसभाको पाँचौ अधिवेशनसम्म आइपुग्दासमेत यो विषयलाई संसदमा प्रवेश नगराइ लम्ब्याउन खोजिएको भन्दै अब पनि ढिलासुस्ती गरिए कांग्रेसलाई स्वीकार्य नहुने उनले बताए ।

स्थायी राजधानी र नामाकरणबारे सिफारिस पेश गर्न भन्दै प्रदेश सभाले १५ सदस्यीय विशेष समिति बनाएको थियो ।

समितिले ५० लाख रुपैयाँ बढी बजेट सकेर करिब दुई वर्ष समय लगाएर प्रतिवेदन प्रदेशसभा सचिवालयमा बुझाइसकेको छ । प्रतिवेदन बुझाएको तीन महिना लाग्दा समेत उक्त विषय संसदमा प्रवेश भएको छैन ।