२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

दाङमा हुने ‘प्रदेश एक्स्पो’ को तयारी तीब्र

केएल पीडित,
दाङ ७ फागुन । ५ नं. प्रदेश सरकारले फागुन १०, ११ र १२ गते दाङमा आयोजना गरेको प्रदेश एक्स्पोको तयारी तीब्ररुपमा चलिरहेको छ । एक्स्पोको तयारीसंगै जनतामा व्यापक उत्साहको माहोल सिर्जना भएको छ । आफ्ना स्थानीय उत्पादन, अविष्कार, लोककला, प्रविधि एवं साँस्कृतिक झाँकी प्रस्तुती एवं प्रदर्शनका लागि सबै तह उत्साहका साथ तयारीमा जुटेका छन् ।

जिल्ला समन्वय समिति दाङका उपप्रमुख एवं अतिथि एवं सहभागी व्यवस्थापन समितिका संयोजक श्रीधर शर्मा पौडेलका अनुसार प्रदेश सरकारको तर्फबाट १२ जिल्लाका १ सय ९ पालिका र दाङ जिल्लास्थित १० पालिका, यहाँस्थित उद्योग, व्यवसाय, बैंकर्स, सहकारी, विश्वविद्यालय, विद्याल÷कलेज लगायता संघ, संस्थालाई ब्यानर सहित सहभागिताका लागि पत्राचार गरिएको छ ।

उपप्रमुख शर्माका अनुसार एक्स्पोमा प्रमुख अतिथि सहित ९ सय ९१ जना अतिथिहरु रहनेछन् । अतिथिहरुको स्वागत र व्यवस्थापनका लागि उच्चस्तरीय तयारी भएको छ । अतिथि स्वागतका लागि जानुका के.सी.को संयोजकत्वमा १ सय १७ सदस्यीय मातृशक्ति स्वागत उपसमिति गठन गरिएको छ । एक्स्पो स्थलमा अतिथिहरुको स्वागत, भोजन, आवास, भ्रमण÷अवलोकन सम्बन्धी समन्वय र सूचना प्रवाहका लागि प्रदेश पाँचका १२ जिल्लाका आ–आफ्ना ब्यानर सहित १÷१ वटा गरी १२ वटा हेल्प डेस्क र अन्य अतिथिहरुका लागि विशेष हेल्प डेक्स स्थापना गरिने प्रबन्ध मिलाइएको छ । प्रत्येक डेस्कमा अतिथि देवो भवः लेखिएको ब्यानर सहित राष्ट्रिय झण्डाहरु राखिने उपप्रमुख पौडेलले बताउनु भयो ।

एक्स्पोस्थल बेलझुण्डीमा नेपाली सेनाले सरकारी स्टल, नेपाल प्रहरीले मंच र दाङ जिल्ला उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्सले नीजि स्टल निर्माणको संयोजन गरेका छन् । एक्सोमा सरकारी ५० र नीजि ३ सय स्टल रहनेछन् । दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष एवं स्टल व्यवस्थापन उपसमितिका सदस्य सचिव नारायण भूसालका अनुसार स्टल १सय ५६ वटा स्टल बुक भइसकेको छ । उहाँका अनुसार लघु उद्यमी, पर्यटन, कृषि उद्योग, लोककलाका लागि ९ह ९ साइजको स्टलको रु. ३ हजार र कम्पनीका लागि यही साइजको स्टलको रु. ३ हजार ५ सय कायम गरिएको छ भने होटल (खाजा र खाना) का लागि १८÷१८ साइजको स्टलको रु. ७ हजार कायम गरिएको छ ।

एक्स्पोमा दाङ जिल्लाका १० वटा पालिकाहरुबाट ब्यानर सहित झाँकीको प्रस्तुती हुनेछ भने विशेषरुपमा थारु, मगर र अवधि समुदायको साँस्कृतिक झाँकी प्रस्तुत हुनेछ । अन्य प्रदेश ५ का १२ जिल्लाबाट सहभागी हुने झाँकी दर्ता लागि आह्वान गरिएको झाँकी तथा साँस्कृतिक उपसमितिका सदस्य सविच एवं डिभिजन वन कार्यालय घोराहीका अधिकृत दिपक ज्ञवालीले बताउनु भयो । उहाँका अनुसार झाँकी दर्ताका लागि फागुन ८ गते दिउँसो १ बजेसम्मको समय तोकिएको छ भने दर्ताका लागि संस्थाको नाम, ठेगाना, झाँकीको प्रकार, सहभागी संख्या र झाँकीको नेतृत्व गर्ने व्यक्तिको नामसहितको विवरण उल्लेख गर्नपर्नेछ । झाँकी दर्ताका लागि श्रीधर पौडेल (९५७८३५०८६), शेषदत्त चौधरी (९८५१२४७१४५), माधब तिमिल्सिना (९८५०७०२४४) र जानुका के.सी (९८४७८२३७३) लाई जिम्मेवारी तोकिएको छ । फोन सम्पर्कबाट पनि स्टल दर्ता गर्न सकिने अधिकृत ज्ञवालीले बताउनु भयो ।

दोस्रो स्थापना दिवसको अवसरमा ५ नं. प्रदेश सरकारले फागुन १०, ११ र १२ गते दाङमा प्रदेश एक्स्पोको आयोजना गरेको छ । गत माघ १० गते आन्तरिक मामिला तथा कानून मन्त्री कूलबहादुर के.सी.को संयोजनमा ३८ सदस्यीय मूल समारोह समिति र ९ वटा उपसमिति गठन गरी प्रदेश सरकार प्रदेश सरकार एक्स्पोको व्यापक तयारीमा जुटेको छ । प्रदेश सरकारले एक्स्पोलाई प्रदेश सरकार स्थापनाको २ वर्षको उपलब्धीबारे जानकारी गराउने र ५नं. प्रदेशभरिका स्थानीय उत्पादन, मौलिक लोककला, संस्कृति, स्थानीय ज्ञान, सीप, प्रविधिहरुको प्रवद्र्धन गर्ने उद्देश्य बताएको छ ।

मूलरुपमा प्रदेश सरकार स्थापनादेखि हालसम्मका गतिविधि र उपलब्धिबारे जानकारी दिने, प्रदेश नं. ५ को विविधता, उत्पादन, पहिचान, संस्कृति र विकासको स्थितिको जानकारी प्रदान गर्ने, ‘समृद्ध प्रदेश, खुशी जनता’को लक्ष्य पूरा गर्न समान उत्साह र समान खुशी पैदा गर्न अभिप्रेरित गर्ने, प्रदेश नं. ५ मा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा तथा संस्कृतिको विकासलाई नमूनाको रुपमा स्थापना गरी विकासमा उत्साह ल्याउने र प्रदेश सरकार र स्थानीय तहको सम्बन्धलाई सुदृढीकरण गर्ने ५ वटा उद्देश्य प्रदेश सरकारले लिएको छ ।