२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

दङ्गिशरण गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड हुने

लक्ष्मण बस्नेत,
फागुन ७ दाङ । दङ्गिशरण गाउँपालिका स्तरिय दोस्रो तथा १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ । दङ्गिशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र मावि हेकुलीको संयोजनमा यहि फागुन १२ गते देखि रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो ।

तीन दिन सम्म संचालन हुने प्रतियोगितामा भलिबल, कबड्डी, छात्ररछात्रा ऎथ्लेटिक्स ट्रयाक तर्फ १००, २००, ४००, ८००, १५००, ३००० मिटर छात्र र छात्रा दौड, १०० गुणा ४०० र ४ गुणा ४०० छात्र र छात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रीपलजम्प, ज्याभलिङ थ्रो र सटपुट छात्र र छात्रा बिच कडा प्रतिस्पर्धा हुने दङ्गिशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद समिती शाखा प्रमुख बिनोद अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा दङ्गिशरण गाउँपालिका क्षेत्रका सामुदायिक तथा निजि विद्यालयको सहभागिता रहनेछ, भने विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्र र छात्राले मात्र भाग लिन पाउनेछन् । यसैबिच प्रतियोगिता संयोजनको जिम्मा पाएको बिरेन्द्र माबी हेकुलीले रनिङ शिल्ड प्रतियोगिताको तयारी लाई तिब्र पारेको छ ।

प्रतियोगितालाई भब्य एवं सभ्य तवरले सम्पन्न गर्न गाउँपालिका अध्यक्ष भागीराम चौधरीको अध्यक्षतामा बसेको तयारी बैठकले ४ सदस्यीय प्राबिधिक टिम गठन गरेको छ । जसको सदस्यमा एथलेटिक्स प्रशिक्षक पद्मा चौधरी, भलिबल सहायक प्रशिक्षक भिम बहादुर डाँगी, कबड्डी सहायक प्रशिक्षक शिव बहादुर बि.क र एथलेटिक्सका राष्ट्रिय रेफ्री तथा माबी हेकुलीका शिक्षक प्रदिप चन्द रहेका छन् ।

त्यस्तै बैठकले प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हाँसिल गर्ने बिधालयलाई क्रमशः २०, १५, र १० हजार पुरस्कार राशी प्रदान गर्ने निर्णय समेत गरेको शाखा प्रमुख अधिकारीले बताए ।

प्रथम गाउँपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता पुर्ण रुपमा सार्थक र परिणाममुखी बनाउन सफल भएको गाउँपालिका यति बेला दोस्रो रनिङ शिल्ड प्रतियोगितालाई अझ मर्यादित र भब्य बनाउन लागि परेको गाउँपालिका अध्यक्ष भागी राम चौधरीले बताए ।

“हामीले रनिङ शिल्ड प्रतियोगितालाई खेलकुद महोत्सवका रुपमा लिएका छौं, यो बालबालिकाको सर्वाङ्गिन विकाससँग जोडिएको विषय हो । त्यसैले गाउँपालिकामा रहेका ४ वटा सामुदायिक विद्यालयलाई आन्तरिक तयारीका लागि सहयोग स्वरुप गाउँपालिकाले बिनियोजन गरेको १ लाख रुपैयाँ २५ हजारका दरले प्रदान गरेका छौं ।” अध्यक्ष चौधरीले बताए ।