२०७७ माघ ६ गते मङ्गलवार
२०७७ माघ ६ गते मङ्गलवार

चोरी भएका ३ वटा मोटरसाईकल फेला

दाङ,
७ फागुन । दाङ प्रहरीले चोरी भएका मोटरसाईकल फेला पारी सवारी धनीको जिम्मा लगाएको छ । घोराहीको विभिन्न स्थानमा पार्किङ गरी राखेका अवस्थामा मोटरसाईकल गएराती चोरी भएको खबर पाउनसाथ प्रहरीले खोजतलास गर्ने क्रममा विभिन्न स्थानमा फेला पारी सवारी धनीलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्वर २ बालापुरबाट १ ओटा र वडा नम्वर ४ गोग्लाबाट घरमा पार्किङ गरी राखेके अबस्थामा २ ओटा चोरी भएका मोटरसाईकल सवारी धनीलाई जिम्मा लगाएको हो । बालापुरका पंकजकुमार थापाको रा ५ प १६७५ नम्वरको पल्सर, गोग्लीबाट तिलकराम भण्डारको रा २ प २९९ नम्वरको पल्सर वाईक र वडा नम्वर ४ गोग्लीकै श्रीमणी पौडेलको रा ३ प ९६३२ नम्वर बाईक फेला पारी सम्बन्धित सवारी धनीलाई जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता सुमीत खड्काले जानकारी दिनुभएको छ ।