तुलसीपुर,
७ फागुन । तुलसीपुर उपमहानगरपालिकाले ७०औँ प्रजातन्त्र दिवस मनाएको छ । उपमहानगरपालिकाका शुसाशन शाखाका संयोजक सुर्य बहादुर डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख धनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम मनाएको हो ।
कार्यक्रममा वोल्दै नगरप्रमुख घनश्याम पाण्डेले देशमा प्रजातन्त्र ल्याउनको लागि गरेको योगदानको सरकारले सँधै उच्च मुल्याङ्कन गर्ने बताए । उनले स्थानीय सरकार लोकतन्त्रको पक्षमा प्रतिवद्ध भएर काम गरिरहेको समेत बताए । उनले लोकतन्त्रकै जगमा जनताले स्वतन्त्रताको उपभोग गरिरहेको समेत वताए ।
स्थानीय सरकारले जनतालाई प्रजातन्त्रको सही अनुभुति गराउनका लागि विकास र समृद्धिमा ध्यान दिएको समेत उनको भनाई थियो ।
उपमहानगरपालिकाका सुशासन समिति संयोजक श्याम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख माया शर्माले स्वागत गर्नुभएको थियो, भने सहजिकरण अधिकृत आनन्द गौतमले गर्नुभएको थियो ।