२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

मानव अधिकार तथा शान्ति समाजलाई एक करोड सहयोग

शुसील बस्नेत,
दाङ ७ फागुन । विराटनगर निवासी समाजसेवी बद्रीप्रसाद पहाडीले मानव अधिकार तथा शान्ति समाजलाई १ करोड रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेका छन ।

उनी मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीका पिता हुन । सो सहयोग शान्ति समाजको केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्रदान गरिएको समाजका सभापति उत्तम पुडासैनीले बताएका छन ।

‘यसका लागि केही जग्गा छुट्टाइएको हुँदा सहयोग रकम क्रमशः जम्मा गर्दै जाने र भवन निर्माण कार्य प्रारम्भ हुनासाथ सम्पूर्ण रकम शान्ति समाजको खातामा जम्मा भइसक्ने जानकारी पहाडी परिवारबाट प्राप्त भएको छ,’ पुडासैनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘यो विशाल राशी सहयोगका लागि मनकारी बद्रीप्रसाद पहाडीप्रति मानव अधिकार तथा शान्ति समाज हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछ ।’

पहाडी परिवारद्वारा सेवामुखी विभिन्न संघ संस्था तथा निकायलाई यसै वर्ष १ करोड ३२ लाख नगद र जग्गा गरी पौने २ करोड सहयोग प्रदान गरिएको समेत पुडासैनीले जानकारी गराए ।