२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

चिनियाँ दूतावासको वक्तव्यप्रति सम्पादकहरुको आपत्ति

काठमाडौं,
७ फागुन । ‘द काठमाडौं पोष्ट’मा प्रकाशित एउटा लेखलाई आधार बनाएर नेपालस्थित चिनियाँ दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिप्रति सम्पादकहरुले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

सम्पादकहरुका तर्फबाट आज बुधबार जारी वक्तव्यमा चिनियाँ दूतावासको वक्तव्यले कूटनीतिक मर्यादा नाघेको उल्लेख छ ।
‘द काठमाडौं पोस्ट’ले मंगलबार आफ्नो विचार पृष्ठमा ‘सिकागो ट्रिब्युन’ र ‘द कोरियन हेराल्ड’मा प्रकाशित इभो डाल्डरको चीनसम्बन्धी लेख साभार गरेको थियो । सोही लेखलाई लिएर चिनियाँ दूतावासले मंगलबार विज्ञप्ति जारी गरेको थियो ।

चिनियाँ दूतावासको विज्ञप्तिप्रति आपत्ति जनाउँदै सम्पादकहरुको वक्तव्यमा भनिएको छ, ‘कुनै विचार वा समाचार प्रकाशित गरेवापत सम्पादकको नामै उल्लेख गरेर लाञ्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ ।’

विज्ञप्ति :

चिनियाँ दूतावासको वक्तव्य :
http://np.chineseembassy.org/eng/News/t1746464.htm