२०७८ भाद्र २५ गते शुक्रवार
२०७८ भाद्र २५ गते शुक्रवार

तुलसीपुरको बजार व्यवस्थापनमा कडाई गरिने

दाङ,
७ फागुन । तुलसीपुर उपमहानगरपालिकाले वजार व्यवस्थापनमा कडाई गर्ने भएको छ । पछिल्लो समय वजार अब्यवस्थित हुँदै गएको भन्ने गुनासोलाई मध्यनजर गरेर उपमहानगरपालिकाले यस्तो कडाइ गर्न लागेको हो । वजार क्षेत्रमा सवारी साधनको समेत जथाभावी पार्किङ्ग हुन लागेको भन्दै तत्काल व्यवस्थापन गर्न आवश्यक रहेको कुरामा जोड दिइएको थियो ।

विभिन्न सरोकारवालाहरुका विचमा आज भएको छलफल कार्यक्रममा वोल्दै अधिकांशले वजार अव्यवस्थित वन्दै गएको गुनासो गरेका थिए । त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले यातायात व्यवसायीका लागि आचार संहिता वनाउन आवश्यक रहेको कुरामा जोड दिनुभयो । उहाँले उपमहानगरपालिकाले आधुनिक वसपार्क निर्माण गरेको भएपनि त्यसलाई उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने वताउनुभयो । वजार व्यवस्थापनको कुरा केही समय चर्को रुपमा अगाडि वढेको भएपनि अहिले सुस्ताएकोप्रति उहाँको गुनासो थियो ।

सो अवसरमा नगरप्रमुख घनश्याम पाण्डेले ट्राफिकको काम प्रभावकारी ढँगले अगाडि वढाउनुपर्ने भन्दै फितलो व्यवस्थापन सच्याउन निर्देशन गर्नुभयो । उहाँले सबै कुरा उपमहानगरपालिकाले मात्रै गर्छ भन्दा पनि ट्राफिकको जिम्मेवारी उसैले पुरा गर्नुपर्ने वताउनुभयो । वजारलाई अव्यवस्थित वनाउने हरेकलाई कारवाहीको दायरामा ल्याइने उहाँको भनाई थियो ।

कार्यक्रममा ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख नन्द पोख्रेलले उपमहानगरपालिका, ट्राफिक र उद्योग वाणिज्य संघ मिलेर वजार व्यवस्थापनलाई अगाडि वढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।