२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

चिनियाँ दूतावासको विज्ञप्ति निन्दनीय : पत्रकार महासंघ

काठमाडौं,
७ फागुन । ‘द काठमाडौं पोस्ट’ प्रकाशित समाचारको विषयलाई लिएर चिनियाँ राजदूतावासद्वारा जारी विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रकाशित समाचारप्रति गुनासो गर्ने वा उजुरी दिने निकाय प्रेस काउन्सिल नेपाल रहेको अवगत गराउँदै कूटनीतिक निकायबाट विज्ञप्तिमार्फत पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउनु निन्दनीय भएको उल्लेख गरेको छ।

आज एक विज्ञप्ति सार्वजनिक गर्दै महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ। यसअघि चिनियाँ राजदूतावासले धम्की दिएको भन्दै विभिन्‍न सञ्चारमाध्यमका १७ जना सम्पादकले बुधबार हस्ताक्षरबिनाको विज्ञप्ती निकालेका थिए । ‘द काठमाडौं पोस्ट’ अंग्रेजी दैनिकमा छापिएको आलेखसँगैको मास्क लगाएको माओत्से तुङको फोटोबारेमा चिनियाँ प्रतिनिधिले टिप्पणी गरेका थिए।