२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

संकल्प गरौं, अन्तर्घातको अन्त गरौँ : दीपक गिरी

धरान,
७ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले नेपाली काँग्रेसलाई सबैभन्दा शक्तिशाली पार्टी निर्माण गर्न पार्टीभित्र तन्तर्घातको अन्त हुनु पर्ने बताउनु भएको छ ।

आज नेपाली काँग्रेस धरानले प्रजातान्त्र दिवसको अवसरमा आयोजना गरेको सभालाई संवोधन गर्द‌ै गिरीले पार्टीभित्र बृहत् र वास्तविक एकताको खाँचो भएको बताउनु भएको हो।
” सङ्कलप गरौँ, अन्तर्घातको अन्त गरौँ ! सभापति र वरिष्ठ नेताले एउटै माला लगाउँदैमा, संगै खाना खादैमा पार्टीमा एकता हुँदैन, दिल भित्रैबाट तनमनले एकता हुनु सक्नुपर्दछ ।” – गिरीले भन्नु भयो ।

गत मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसले विजयी गरेको उदाहरण दिंदै पार्टीमा एकता भए नेपाली काँग्रेस नै देशको शक्तिशाली पार्टी हुने गिरीले जिकिर गर्नु भएको थियो । सो सभामा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोईराला लयायत अन्य नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।