२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बबई पब्लिकको १३औं बार्षिक उत्सव

दंगीशरण,
७ फागुन । ग्रामीण क्षेत्रमा रहेर शिक्षामा क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै बबई पब्लिक बोर्डिङ स्कुल गोल्टाकुरीका अभिभाबकहरुले प्रशंसा गरेका छन । गुणस्तरिय शिक्षा आर्जन गर्न बजार केन्द्रित बन्नुपर्ने अबस्थाको अन्त्य गरेको भन्दै बार्षिक उत्सब कार्यक्रममा सहभागि अभिभाबकहरुले विद्यालयको खुलेर प्रशंसा गरेका हुन ।

विद्यालयले आफ्नो १३औँ स्थापना विदवसको अवसरमा आज आयोजना गरेको बार्षिक उत्सव कार्यक्रममा बिभिन्न कार्यक्रमको आयोजना गरी समापन गरेको छ । स्पोर्ट्स मिट २०७६ को नाम सहित सञ्चालन गरेको खेलकुद कार्यक्रमको समेत उक्त अवसरमा समापन गरीएको हो ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मोहन घिमीरेको अध्यक्षता तथा दंगीशरण गाँउपालिका वार्ड नं १ का वार्ड अध्यक्ष श्रीप्रसाद चौधरीको प्रमुख आथित्यतामा सम्मपन्न भएको बार्षिक उत्सव कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति रहेका चौधरीले विद्यालयले ग्रामीण क्षेत्रमा रहेर शिक्षाको क्षेत्रमा मह्त्व पुर्ण योगदान पुराएको भन्दै प्रबिधियुक्त शिक्षामा अझ जोड दिन आग्रह गरेका थिए ।

बार्षिक उत्सव कार्यक्रममा विद्यालयका बिभिन्न प्रतियोगिता तथा परिक्षामा सफल हुने विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । बार्षिक उत्सवका अवसरमा दंगीशरण गाँउपालिका वार्ड नं २ का वार्ड सदस्य नन्दराम खत्री , गोल्टाकुरी गाविसका पुर्व गाविस अध्यक्ष यज्ञ बहादुर केसी, मावि मधपुरका पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरदीन कुसारी, कनरीया सामुदायिक वनका अध्यक्ष रमेश भण्डारी शिक्षीका सिता डाँगी लगाएतकाले आफ्ना भनाई राखेका थिए ।

विद्यालयका प्रधानअध्यापक सुवास वलीले उक्त अवसरमा विद्यालयको भावि योजना र हालसम्म भैरहेका गतिबिधिको वारेमा जानकारी गराएका थिए उक्त कार्यक्रमको सञ्चालन शिक्षीका सम्झना आर्चायले गरेकी थिईन ।