२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

राप्तीले सडक मानव मुक्त गाउँपालिका घोषणा गर्ने

तिर्थराज ज्ञवाली,
मसुरीया ७ फागुन । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको कार्यक्रम तयारी बैठकले राप्ती गाउँपालिकालाई सडक मानव मुक्त गाउँपालिका घोषणाका लागि निलसागर आश्रमको समन्वयमा सडक मानव मुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रमको तयारीका लागि शिक्षा अधिकृत विश्वास विकलाई जिम्मेवारी प्रदान गरेको छ ।

कार्यक्रम तयारी बैठकमा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले आयोजना हुन कार्यक्रमलाई सहभागीता मुलक बनाउने बताउनु भएको छ । आगामी १३ गते एक कार्यक्रमको आयोजना गरि राप्ती गाउँपालिकामा दुख पाएर, मानसीक रुपमा कमजोर भएर सडकमा बस्नुगर्ने अवस्थाक अन्त्य गर्ने उदेश्यका साथ सडक मानव मुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रम गर्न थालीएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।

प्रवक्ता विद्याशरण चौधरीले सो घोषणा कार्यक्रममा सम्पुर्णको सहभागीता साथै अभियानमा सहयोगका लागि समेत आब्हान गर्नुभएको छ ।