जर्मनी,
८ फागुन । पश्चिम जर्मन शहर हानाउमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा ८ जनाको ज्यान गएको छ। अज्ञात व्यक्तिले घटाएको उक्त घटना त्यहाँको दुई सिसा बारमा घटेको हो । घटनामा ५ जना घाइते भएको जनाइएको छ।
पहिलो बन्दुक आक्रमण हनाउको मध्य शहरमा भएको भने दोश्रो घटना हानाउको छिमेकी केसलस्टाडमा भएको हो । जर्मन अधिकारीहरू घटनापछि आक्रमणकारी त्यहाँबाट भागेको र ती आक्रमणकारीको व्यापकरुपमा खोजी भइरहेको बताएका छन् ।हाल प्रहरी र हेलिकप्टरले घटनास्थल र त्यसको वरीपरि गस्ती गरिरहेका छन्।
समाचारका अनुसार पहिलो हमलामा ३ जनाको मृत्यु भएको छ भने दोश्रो हमलामा ५ जनाको मृत्यु भएको छ। आक्रमणको कारण खुल्न सकेको छैन्।
हनाउ शहर जर्मनीको फ्रान्कफर्ट शहरबाट २५ किलोमिटर पूर्वमा पर्छ।