दाङ,
८ फागुन । नेपाली काङ्गेसका स्वर्गिय नेता खुम वहादुर खड्काको सालिक निर्माण हुने भएको छ ।
लमही नगरपालिका वडा नं ९ अमेलियामा खड्काको सालिक बन्ने भएको हो । यहि फागुन १९ गते खड्काको सालिक सिलान्यास गरिने नेपाली काँग्रेस दाङले जनाएको छ । सो कार्यक्रममा उपस्थिति भईदिन नेपाली काँग्रेस दाङले सवैमा आग्रह गरेको छ ।
काँग्रेसका सम्पुर्ण भातृ सङ्घसंस्था नेपाली काङ्ग्रेसका नेतागण, शुभेच्छुक संस्थालाई उपस्थिती हुन नेपाली काङ्ग्रेसका दाङ् जिल्ला सभापती कृति बहादुर खड्काले आग्रह गर्नुभएको छ ।