२०७७ कार्तिक ७ गते शुक्रवार
२०७७ कार्तिक ७ गते शुक्रवार

प्रावि खयरभट्टीका १२५ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

झुपु क्षेत्री,
बबई ८ फागुन । केसी अटोमोबाइल सुजुकी स्वरूम तुलसीपुर र खड्का अटोमोबाइल एण्ड सुजुकी स्वरूम हापुरेले आज एक कार्यक्रमका गरी १२५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री र विद्यालयलाई डस्टबिन प्रदान गरेको छ ।

बबई गाउँपालिका वडा नं. ५ स्थित जनज्योती प्रावि खयरभट्टीका गरीब तथा जेहन्दार विद्यार्थीलाई कलम, कापि र विद्यालयलाई डस्टबिन सहयोग वितरण गरेको हो । वडा नं. ५ का वडा सदस्य एवम् न्यायिक समिति सदस्य लीला भण्डारीको सभापतित्व तथा के.सी अटोमोबाइल्सका प्रोप्राईटर प्रेम के.सी.को प्रमुख अतिथ्य तथा खड्का अटोमोबाइल्सका प्रोप्राईटर खुम वहादुर खड्काको विशिष्ट आतिथ्यमा कार्यक्रममा भएको थियो ।

गरीब तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक तथा डस्टबिन सहयोग वितरण गरेकोप्रति विद्यालय परिवार र अभिभावकले खुशि व्यक्त गरेका थिए । विद्यालयका शिक्षक डिल्ली देवकोटाको स्वागत मनतव्यबाट सुरूभएको कार्यक्रममा धन्यवाद मन्तव्य विद्यालयका प्रधानाध्यापक किरण के.सी.ले गर्नुभएको थियो, भने कार्यक्रमको सहजीकरण युवा समाजसेवी झुपु क्षेत्रीले गर्नुभएको थियो ।