तुलसीपुर,
८ फागुन । तुलसीपुर स्थित तुलसी अस्पताललले अब १ सय शैयाको अस्पताल सञ्चालनमा ल्याउन लागेको आज अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।वालवालीकाको विशेष उपचार गर्न नवजात शिशु संघन कक्षको आवश्यक्ता खड्किएका वेला अस्पतालले सो जानकारी गराएको हो ।
दाङमै पहिलो पटक आइसियु सहितको एम्वुलेन्स सेवा सञ्चालनमा ल्याएको अस्पतालले वालरोग सम्वन्धी मात्र सेवा प्रवाह गरी वाल अस्पतालका रुपमा स्थापीत भैरहेका वेला फाल्गुन ७ गते प्रजातन्त्र दिवसका अवसरवाट सेवा विस्तार गरी महिला रोग विशेषज्ञ सेवा, रेडियोलोजी सेवा, एनेस्थेसीया, जनरल फिजिएसनलगाएतका सेवा आरम्भ गरीएको छ।
त्यस्तै ल्यप्रोस्कोपी विधिवाट शल्यक्रिया,न्यु रोसर्जन सेवा लगाएत सम्पुर्ण विशेषज्ञ सेवा सहित तुलसीपुरको दोघरेमा १ सय शैयाको अस्पताल सञ्चालनको लागी तयारी अवस्थामा रहेको अस्पतालका सञ्चालक तथा वालरोग विशेषज्ञ डा. किशोर खत्रीले जानकारी दिनुभयो।
राप्तीको एनआइसियु सुविधा भएको एकमात्र यो अस्पतालमा सल्यान, रोल्पा, रुकुम, प्युठान लगाएतका जिल्लावाट ९० प्रतिशत १८ वर्षमुनीका विरामी वालवालीका उपचाररका लागी आउने गरेको डा. खत्रीले वताउनुभयो।