२०७७ मङ्सिर १८ गते बिहिवार
२०७७ मङ्सिर १८ गते बिहिवार

शान्तिनगरको बैंसामा महायज्ञ सप्ताह लाग्ने

शान्तिनगर,
९ फागुन । अपाङ्ग शसक्तिकरण केन्द्र नेपालको आयोजनामा शान्तिगर गाउँपालिका वडा नंं. ५ बैंसामा आगामी बैशाख १२ गते देखि १८ गते सम्म श्रीमद् भागवत् ज्ञान महायज्ञ सप्ताह लाग्ने भएको छ ।

अपाङ्गमैत्री भवन निर्माण र अपाङ्गता भएका व्यक्तिको बृद्धि, विकास, संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले श्रीमद् भागवत् ज्ञान महायज्ञ सप्ताह सञ्चालन हुन लागेको अपाङ्ग शसक्तिकरण केन्द्र नेपालकी अध्यक्ष रजनी शाहले जानकारी दिनुभयो ।

सो सप्ताहमा सहभागी भई सक्दो सहयोग गरिदिन अध्यक्ष शाहले सवैमा अनुरोध समेत गर्नुभएको छ ।