२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

त्रिसिद्धेश्वरी राप्ती अधिवेशनको तयारीमा, दुर्घटना नगराएका ६ चालकलाई पुरस्कार

शरद रेग्मी,
दाङ १० फागुन । यहिँ फागुन १६ र १७ गते हुने राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति रुपान्तरीत त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लि प्रथम अधिवेशनको संघारमा छ । त्यसका लागी आन्तरीक तयारी भैरहेको प्रालिले जनाएको छ ।

अधिवेशनले नयाँ नेतृत्व चयन सहित यात्रुमैत्री यातायात सेवा तथा व्यवसायमैत्री यातायात सेवामा प्रतिवद्ध रहने मुख्य एजेण्डा पारीत गर्नेछ । त्यसैगरी अधिवेशनमा सामाजिक उत्तरदायित्व वहन र दुर्घटना न्युनिकरणका लागी विगत देखिकै अभियानलाइ थप प्रभावकारी बनाउने सन्दर्भमा पनि ठोस निर्णय हुने त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले बताउनुभएको छ ।

दुर्घटना न्युनिकरण अभियान अन्तर्गत प्रालि माताहत रहेका कम्तिमा ६ सय यात्रुवाहक बसका चालकहरुमध्ये दुर्घटना नगराएका कम्तिमा ६ जना चालकहरुलाइ ५१ हजार रुपैया पुरस्कार सहित सम्मान गरीनेछ । प्रालिका जम्मा १२ रुटलाइ मर्ज गरी ६ वटा रुट बनाएर हरेक रुटमा एकजना चालकलाइ यसरी सम्मान गरीन लागेको हो । बर्षभरी कुनैपनि दुर्घटना नगराउने कम्तिमा ३ सय भन्दा बढि चालकहरुबाट गोलाप्रथाद्धारा ६ जना चालकको छनौट भैसकेको प्रालिले जनाएको छ । त्यसैगरी प्रालि माताहत रहि सार्वजनिक यातायात सेवामा काम गर्ने एक जना र एक जना हेल्परलाइ पनि ५ हजार १ सय रुपैया नगद सहित सम्मान गरीने छ ।

गोलाप्रथाद्धारा सम्मानित हुने चालकहरुमा भालुवाङ—प्युठान रुटका टेक वहादुर खत्री, तुलसीपुर—वीरगन्ज रुटका तेज प्रसाद अधिकारी(गढवा राजु), दाङ—नेपालगन्ज रुटका सीताराम चौधरी, लोकल रुटका श्रवण चौधरी, सल्यान–तुलसीपुर रुटका निर्मल चौधरी र होलेरी–थवाङ रुटका राजु तामाङ रहेका छन् । त्यसैगरी सहचालक र हेल्परको छनौट भने अधिवेशनकै अवसरमा हुने बताइएको छ ।

यसैबीच हालै भएको व्यवसायी भेलाले वर्तमान अध्यक्ष सुरेश हमालकै नेतृत्वमा रुपान्तरीत त्रिशिद्धेश्वरी प्रालि अघि बढ्ने निर्णय गरेको बताइएको छ । अधिवेशनले हमालको नेतृत्वमा अन्य १० जना कार्यसमिति सदस्य चयन गर्ने छ । अधिवेशनमा चुनिएको कार्यसमितिले अन्य पदाधिकारी चयन गर्ने छ ।