२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

घोराहीको इतिहास झल्काउन घोडाको प्रतिमा

घोराही,
१० फागुन । घोराही उपमहानगरपालिकाले घोराहीको इतिहास झल्काउन घोडाको प्रतिमा राखेको छ । उपमहानगरले वडा नम्बर १४ र १५ को सिमाना गुम्राह चोकमा दुईवटा घोडाको प्रतिमा राखेको हो ।

चालु आर्थिक बर्षको कार्यक्रम तथा बजेटलाई टेण्डर मार्फत २५ लाख रुपैयाँको लागतमा घोडाको प्रतिमा राखिएको उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले जानकारी दिए । नशला हेण्डीक्राप्ट काठमाडौले उक्त घोडाको प्रतिमा सहितको संरचना निर्माण गरेको हो । प्रतिमाको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले घोडाको अनाबरण गरेका थिए ।

अनाबरण कार्यक्रममा संघिय सांसद सुजिता शाक्य, शान्ता चौधरी, प्रदेश लोकसेवा आयोगका अध्यक्ष प्राध्यापक डिलाराम भटराई, नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, वडा अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधी, पत्रकार सहित विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

घोराहीको इतिहास घोडा सँग जोडिएको र त्यसैको चिनारीका लागि बजारमै घोडाको प्रतिमा राखिएको नगर प्रमुख चौधरीले बताए ।