२०७७ कार्तिक १५ गते शनिवार
२०७७ कार्तिक १५ गते शनिवार

प्रेसरकुकर बम डिस्पोज गर्दा आठ लाखको क्षति

बाजुरा,
१० फागुन । बाजुराको सदरमुकाम मार्तडीमा बम डिस्पोजको क्रममा आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालयसँग जोडिएको पिसविन बाजुरा नामक गैरसरकारी संस्था र स्थानीय धर्म रोकायाको घर नजिकै प्रेसर कुकर बम डिस्पोज गर्दा ८ लाखको बराबरको क्षति भएको हो । बम डिस्पोज गर्ने क्रममा पिसविन बाजुरा र स्थानीय धर्म रोकायाको घरमा क्षति पुगेको हो ।

कालो झोलामा बेरेर राखिएको पाँच लिटरको प्रेसरकुकर बमलाई नेपाली सेनाले डिस्पोज गरेको थियो ।

मानवीय क्षति नभए पनि भौतिक संरचना र पिसविनका अफिसियल सामानमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । पिसविनको ३ लाख रुपैयाँ र रोकायाको घरमा ५ लाखको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।