२०७७ असोज ३ गते शनिवार
२०७७ असोज ३ गते शनिवार

नेपाली काँग्रेसका केन्द्रीय नेताहरू दाङ आउँदै

दाङ,
११ फागुन । नेपाली काँग्रेसका केन्द्रीय नेताहरू दाङ आउन लागेका छन् । गिरिजाप्रसाद कोईरला फाउन्डेशन दाङ घोराहीले आयोजना गरेको ‘शान्ति प्रक्रियामा गिरिजाप्रसादको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन नेताहरू दाङ आउन लागेका हुन् ।

फाउन्डेशनले यहीँ फाल्गुन १२ गते घोराहीमा कार्यक्रम गर्न थालेको सचिव कृष्ण प्रसाद गौतमले जानकारी दिनुभयो । कार्यक्रममा फाउन्डेसन अध्यक्ष सुजाता कोईरला, शेखर कोईराला, दीपक गिरी, डा. चद्र भण्डारी, गगन थापा लगायतका नेताहरुको सहभागिता रहनेछ । त्यस अवसरमा प्रजातन्त्रमा योगदान गरेका विभिन्न पार्टीका व्यक्तिलाई सम्मान गरिनेछ ।

कार्यक्रम भोली सोमबार १२ गते घोराही उपमहानगरपालिकाको सभाहलमा १२ बजेदेखी सुरू हुनेछ । कार्यक्रममा उपस्थितीको लागी पार्टी, नेता, कार्यकर्ता, शुभेच्छुक, संस्था र भातृसंस्था, सामाजिक संस्था, पत्रकार, बुद्धिजीवीहरुलाई अनुरोध गरिएको छ ।