२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

शान्तिनगर रनिङ शिल्डको उपाधि मिडवेष्टर्नले चुम्यो

लक्ष्मण बस्नेत,
शान्तिनगर ११ फागुन । शान्तिनगर गाउँपालिका स्तरीय दोस्रो तथा १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को उपाधी मिडवेष्टर्न प्वाईन्ट एकाडेमी खैरेनीले हात पारेको छ ।

शान्तिनगर गाउँपालिकाको आयोजना तथा बिपि कोईराला नमुना मावि बयाले सिमतराको संयोजनमा बयाले सिमतारा खेलमैदानमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ८ रजत र १ कास्य पदक हात पार्दै साबिक बिजेता मिडवेष्टर्न प्वाईन्ट एकाडेमीले उपाधि चुम्न सफल भएको हो । उपाधी सँगै उसले लगातार दोस्रो पटक रनिङ शिल्ड उचाल्यो ।

त्यस्तै ५ स्वर्ण, ७ रजत र २ कास्य पदकका साथ लोकप्रीय विद्या मन्दिरले दोस्रो स्थान हाँसिल गर्दा जनकल्याण मावि सिमसुन्दरपुर ५ स्वर्ण, ३ रजत ९ कास्य पदक सहित तेस्रो र बिपि मावि बयाले ४ स्वर्ण, ५ रजत र ५ कास्यका साथ सान्त्वना स्थान हाँसिल गरेको सचिवालय सदस्य खेमराज तिवारीले जानकारी दिनु भएको छ ।

फागुन ७ गतेदेखि संचालित प्रतियोगितामा शान्तीनगर गाउँपालिकामा स्थापित निजि तथा सामुदायिक गरी १०विद्यालयको सहभागिता रहेको थियो ।