तुलसीपुर,
११ फागुन । दाङको दंगीशरण गाउँपालिकाको रानी बनमा थारु कल्चरल भिलेज निर्माण कार्य शुरु भएको छ । उक्त निर्माण कार्यको प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले सिलन्यास गरेका हुन् ।
प्रदेश नं. ५ सरकारको २ कारोड लगानीमा निर्माण हुन लागेको उक्त भिलेजको सिलन्यास गर्दै मुख्यमन्त्री पोखरेलले दंगीशरण थारु समुदायको ऐतिहासिक ठाउँ भएकाले पर्यटकीय हिसाबले आकर्षित गर्न सकिने बताए ।
‘सुकौरा थारुहरुका राजा दंगीशरणले राज गरेको ऐतिहाँसिक ठाउँ हो, यहाँ पर्यटनको क्षेत्रमा विकास गर्न सकिन्छ’ उनले भने– ‘ यसले थारु समुदायको मात्रै होईन्, यस क्षेत्रका सबै समुदायको जीवनस्तर सुधार गर्न मद्दत पुग्छ ।’