२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

सोमवार तुलसीपुर उपमहानगर भित्रका विद्यालय बिदा

तुलसीपुर,
११ फागुन । प्रदेश ५ लाई एकै ठाउँमा जोड्नका लागि आयोजना गरिएको प्रदेश एक्स्पो अवलोकनका लागि सोमबार तुलसीपुर उपमहानगरपालिकाले सम्पूर्ण विद्यार्थीहरुलाई एक्स्पो अवलोकनका लागि आव्ह्वान गरेको छ ।

विद्यार्थीलाई एक्स्पो अवलोकनका लागि सहयोग गर्न शिक्षकलाई समेत आग्रह गरिएकोले सोमवार तुलसीपुरका संस्थागत र सामुदायिक विद्यालयहरुको  पठनपाठन बन्द हुनेछ । प्रदेशभरिका विभिन्न वहुपक्षिय कुराहरु व्यवहारिक ढँगले विद्यार्थीहरुले सिकुन भन्नका लागि संस्थागत एवम् सार्वजनिक विद्यालय विदाको अनुरोध गरिएको शिक्षा समिति संयोजक देवराज विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँले प्रदेश भरीका कुराहरु एकै ठाउँमा हेर्ने र वुझ्ने अवसरबाट कुनै पनि विद्यार्थी वञ्चित नहुन भन्नका लागि यस्तो अनुरोध गरिएका समेत वताउनुभयो । सोमवार प्रदेश एक्स्पोको अन्तिम दिन हो ।