२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

बबई ६ र ७ मा अन्तरपार्टी महिला सञ्जाल गठन

शिवकुमार उपाध्याय,
बबई ११ फागुन । बबई गाउँपालिकाका वडा नं ६ र ७ मा वडा स्तरीय अन्तरपार्टी महिला सञ्जाल गठन गरिएको छ ।
वडा ६ मा पुतलीदेवि खत्रीको अध्यक्षतामा ९ सदस्यीय अन्तरपार्टी महिला सञ्जाल गठन गरिएको हो ।

जसको सचिवमा विष्णु देवकोटा सदस्यहरूमा माधवा गौतम, सोनिका डाँगी सदस्यहरूमा कमला विक, दिपा डाँगी, सिता केसी लगाएतका रहेका छन । अन्तरपार्टी महिला सञ्जाल बबईका अध्यक्ष दिपा केसीको अध्यक्षता एवम वडा अध्यक्ष राम वहादुर डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सहजिकरण सचिव सुमित्रा राणाले गरेकी थिइन ।

त्यस्तै वडा ७ मा पनि एक कार्यक्रमका बीच कुन्ता भण्डारीको अध्यक्षतामा ११ सदस्यीय अन्तरपार्टी महिला सञ्जाल गठन गरिएको छ । जसको सचिवमा कमला विक, कोषाध्यक्षमा मोहन कुमारी डाँगी रहेका छन । यस्तै सदस्यहरूमा ईश्वरी वोहोरा, सिर्जना थापा, पवित्रा खड्का, मैमी केस।, लक्ष्मी वुढाथोकी, खुमा वली, शान्ति वली र देवि घर्ति रहेका छन ।

अन्तरपार्टी महिला सञ्जाल बबईकी अध्यक्ष दिपा केसीको अध्यक्षता एवम् वडा अध्यक्ष महाविर चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सञ्जालकी सदस्य अञ्जु घर्तिले कार्यक्रमको वारेमा प्रकास पारेका थिए, भने कार्यक्रमको सहजिकरण सचिव सुमित्रा राणाले गरेकी थिइन ।