२०७७ मङ्सिर ११ गते बिहिवार
२०७७ मङ्सिर ११ गते बिहिवार

सुनको मूल्य तोलामै ८० हजार तीन सय

काठमाडौं,
१२ फागुन । सुनको मूल्य तोलामै ८० हजार तीन सय रुपैयाँ पुगेको छ । बढेको मूल्य नेपाली सुन चाँदी व्यवसायमा नयाँ कीर्तिमान भएको व्यवसायीहरुले बताएका छन् ।

सुन चाँदी व्यवसायी महासंघले आज सोमबारका लागि तोकेको खरिद बिक्री मूल्यअनुसार छापावलको सुनको मूल्य ८० हजार ३ सय छ भने तेजावी सुन ८० हजार प्रतितोलामा कारोबार खुलेको छ । यस्तै चाँदीको प्रतितोला मूल्य ९२५ रुपैयाँ पुगेको छ ।

आइतबारको तुलनामा सुनको मूल्य प्रतितोलम १५ सयले बढेको भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँ मात्रै बढेको छ । मूल्य बढेसँगै पुराना गहना बिक्री गर्न आउने ग्राहक बढेको सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

बढ्दो मूल्यले बिहेको महिना भए पनि सुनको कारोबार खस्कीएको उनले बताए ।