२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

स्थापना दिवसको अवसरमा आयोजना गरिएका प्रतियोगीता सुरु

दाङ,
१२ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको ५०औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगीताहरुको उद्घाटन गरिएको छ । प्रतियोगीताको आज सोमवार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता तथा संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथी श्रेष्ठले रेफ्रीलाइ फुटबल हस्तान्तरण गरेर फुटबल प्रतियोगीताको उद्घाटन गरिएका हुन । कार्यक्रमको सहजिकरण महासचिव नरेश कार्कीले गरेका थिए ।

संघले स्थापना दिवसको अवसरमा फुटवल, हाजिरी जवाफ, कुर्सी दौड, बक्तृत्वकला, व्याडमिटन प्रतियोगीता लगायतका प्रतियोगीता आयोजना गरेको छ । पहिलो दिन भएको बजार प्रतिनिधि र हाडर्वयर व्यवसायी वीच भएको खेलमा वजार प्रतिनिधि विजयी भएको फुटवल प्रतियोगीता सञ्चालन उप समितीका संयोजक मिनराज भाटले जानकारी दिएका छन् । भने वुधवारको खेल फेन्सी व्यवसायि र कुखुरा व्यवसायि विच हुने भाटले जानकारी दिए ।

संघको स्थापना दिवस आउँदो चैत ९ गते मनाउँदैछ । संघको स्थापना २०२७ सालमा भएको थियो ।