२०७७ मङ्सिर १७ गते बुधवार
२०७७ मङ्सिर १७ गते बुधवार

लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

लमही,
१२ फागुन । लमही नगरपालिका ६ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लमही घोराही सडक खण्ड अन्र्तगत कुलमोहर नजिक रा ३ प ५७११ नं.को मोटर साइकल आफै अनियन्त्रित भै दुर्घटना हुँदा मृत्यु भएको हो ।

दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका–१६ का कृष्ण बहादुर डाँगीको दिउँसो १०:३५ बजे मृत्यु भएको लमही प्रहरीले जनाएको छ । मृतकलाई नाक, मुखमा गम्भीर चोट लागेको थियो । घाइतेको लमही फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । साथै उनको परिचय मतदाता परिचय पत्रको आधारमा खुलाइएको लमही प्रहरीले जनाएको छ ।