२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

महरालाई दाङमा भव्य स्वागत

शरद रेग्मी,
दाङ १२ फागुन । हिरासतमुक्त भएसंगै कृष्ण बहादुर महरा सोमबार दाङ आएका छन् । आफु निर्वाचित क्षेत्रका जनतालाई भेट्न महरा दाङ आएका हुन् । उनलाई दाङमा भब्य स्वागत गरिएको छ ।

पूर्वसभामुख महरालाई जिल्ला भरका महराका समर्थकहरुले भालुवाङ गएर भब्य स्वागत गरेका हुन् । उनलाई भालुवाङ समाज र दंगाली जनताहरुले बाजागाजा, अबिर खादा र मालाले भब्य स्वागत गरेका थिए । त्यस अवसरमा पूर्व सभामुख महराले आफुलाई सहयोग गर्ने, शुभेच्क्षा प्रकट गर्नुहुने सबैलाई धन्यबाद प्रकट गरेका थिए ।

उनले आफुलाई षडयन्त्र गरेर तीन महिनासम्म हिरासतमा राखेको भन्दै अझै पनि षडयन्त्र गर्ने गिरोह सक्रिय रहेको उनले बताए । महराले मतदातालाई भेट्न दाङ आएको भन्दै उनले यो घटनाबारे केही नबोल्ने समेत बताए । उनले दाङको विकासकालागि निरन्तर लाग्ने समेत बताए । महरालाई भालुवाङ यता बिभिन्न स्थानमा स्वागत गरिएको छ ।