२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

प्रचण्डले गिरिजाबाबुका विरुद्ध अर्नगल प्रचार गरे : कोइराला

घोराही,
१३ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले प्रचण्ड डराएर गिरिजावाबुका विरुद्ध अर्नगल प्रचारमा लागेको बताएका छन् । गिरिजाप्रशाद कोईराला फाउन्डेसन दाङले  घोराहीमा आयोजना गरेको शान्ति प्रक्रियामा गिरिजाप्रशाद कोईरालाको योगदान विषयक विचार गोष्ठिलाई सम्वोधन गर्दै शेखरले त्यस्तो बताएका हुन ।

संक्रमणकालिन न्याय, सत्य निरुपन तथा मेलमिलाप, बेपत्ता नागरिक सम्वन्धि इष्यु अहिले पनि नसकिएको हुँदा त्यो कुराबाट प्रचण्ड अत्यन्तै डराएको र त्यसवाट जोगिन गिरिजावाबुलाई ढाल बनाउने प्रयास गरिरहेको नेता कोईरालाले आरोप लगाए ।

प्रचण्ड र गिरिजाबाबुको बीचमा भएका सबै भेटघाटमा आफु सहभागि भएको उल्लेख गरेका उनले गिरिजाबाबुले कहिलै पनि प्रचण्डले बोलेको कुरा नभनेको स्पष्ट पारे ।

‘प्रचण्डले जुन कुरा बोल्नु भो त्यो दुष्साहाश हो’ भन्छु म, ‘डर हो ,’ कोईरालाले भने । दुई दिन पहिले क्यानाडाको सभामुख नेपालका सभामुखको निमन्त्रणामा आएको भएपनि अहिलेका नेपालका सभामुखको द्धन्दाकालिन मुद्दा सर्वौच्च अदालतमा जिवितै रहेको हुँदा क्यानडाका सभामुखले नभेटेपछि प्रचण्ड तर्सिएको उनले दाबी गरे ।

त्यस्तै आशंका कारण प्रचण्ड डराएर गिरिजाबाबुलाई ढाल बनाउन खोजेको कुरा नेता शेखरले दोहर्याएका थिए । उनले गिरिजाप्रसाद कोईराला नभएको भए शान्ति प्रक्रिया कता जान्थ्यो र के हुन्थ्यो भन्ने कुरा भन्न अत्यन्तै गाह्रो रहेको तर्क गरे । गिरिजाबाबु निर्भिक नेता भएको भन्दै उनले एक पटक अठोट र निर्णय गरेपछि कहिलै त्यो निर्णयवाट व्याक नहुने दृढ विश्वासी नेताको रुपमा स्मरण गरेका थिए ।