शरद रेग्मी,
दाङ, १३ फागुन । नेपाल उद्योग वाणिज्य महासघंको आगामी चैत २८ र २९ गते काठमाडौमा हुन गईरहेको निर्वाचनमा खुल्ला तर्फको केन्द्रिय सदस्य पदका लागि तुलसीपुर उद्योग वाणिज्य सघंबाट बिमल रिजालको उम्मेदवारी घोषणा गरिएको छ ।
रिपोर्टस क्लव दाङले आज मगंलवार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतले खुल्ला तर्फको केन्द्रिय सदस्य पदका लागि सघंका पुर्व अध्यक्ष बिमल रिजालको उम्मेदवारी घोषणा गर्नुभएको हो । रिजालले समाजप्रति खेलेको भुमिका अतुलनिय छ, उहाँले भन्नुभयो–‘तुलसीपुर सहित सिंगो दाङका उद्योगी, व्यवसायीहरुको हकहित र विकासका लागि उहाँको उम्मेदवारी घोषणा गरिएको हो । उहाँले सफल युवा व्यवसायी, सामाजिक अभियान्ता रिजाललाई आसन्न निर्वाचनमा अत्याधिक मत दिएर खुल्ला तर्फको केन्द्रिय सदस्य पदमा बिजयी बनाउन आग्रह समेत गर्नुभएको छ ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंका पुर्व अध्यक्ष एवं केन्द्रिय सदस्य पदका उम्मेदवार बिमल रिजालले सिंगो निजि क्षेत्र र दाङको आर्थिक विकासका लागि आफु सदैब कटिबद्ध भएर लाग्ने प्रतिबद्धा व्यक्त गर्नुभयो । मेरो उम्मेदवारी रहर मात्र होइन,बाध्यता पनि हो । रिजालले भन्नुभयो– ‘पछिल्लो समय व्यापार व्यवसायको स्तर खस्कदै गएको छ, आफ्नो हक अधिकारका लागि पछि हट्नुपरेको छ, यहाँका विविध समस्यालाई सुल्झाउन, यस क्षेत्रका व्यवसायीक हक हितका लागि मेरो उम्मेद्वारी परेको हो ।
रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंका पुर्व अध्यक्ष हेमन्त कुमार रिजाल, त्रिशिद्धेश्वरी राप्ती यातयात प्रा.लिका अध्यक्ष सुरेश हमाल, एन प्यावसन दाङका नबनिर्बाचित अध्यक्ष बिमल गौतम, तुलसीपुर नगर जेसिसका अध्यक्ष मोहन सुनार लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैबिच सो अवसरमा ऐन प्याब्सन दाङ र तुलसीपुर नगर जेसिजका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत सम्मान गरिएको थियो । उक्त कार्यक्रमको सहजीकरण तुलसीपुर उद्योग वाणिज्य सघंका महासचिव रुपबहादुर खत्रीले गर्नुभएको थियो ।