दिप्तीशिखा चौधरी,
दंगीशरण १३ फागुन । दंगीशरण गाउँपालिकाले सोमबार एक कार्यक्रमका बिच लोक सेवा तयारी कक्षा लिईरहेका विद्यार्थीहरुलाई लोक सेवा किताब वितरण गरेको छ । गाउँपालिकामा तीन महिना सम्म संचालन भईरहेको लोक सेवा तयारी कक्षामा सहभागी भएका सहभागीहरुलाई थप अध्ययनमा सहयोग पुग्ने उद्देश्यले लोक सेवा किताब प्रदान गरेको हो ।
गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी र प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले सहभागिहरुलाई किताब वितरण गरेका हुन् । सो अवसरमा अध्यक्ष चौधरीले गाउँपालिकाले गरेको यो प्रयास सफल बनाउन लागि पर्न आग्रह गरे । “लोक सेवा तयारी कक्षा गाउँपालिकाले आवश्यक ठानेर कार्यक्रम तय गरेको हो । गाउँ तहमा निम्न वर्गका लागि आर्थिक रुपमा भार नपर्ने किसीमले संचालन गरेको हो । यसलाई व्यवहारमा कार्यान्वयन गरी अध्ययनलाई मसिनो तरीकाले अगाडि लग्नुस् उपलब्धी अवश्य हाँसील हुन्छ, र आगामी दिनमा आफ्नै ठाउँबाट लोक सेवा पास गरेका कर्मचारीलाई प्राथमिकता दिने हिसाबले हामी लाग्ने छौँ ।” अध्यक्ष चौधरीले भने ।
यस्तै सोमबार एक महिनाको कक्षाबाट सहभागीहरुमा केहि निखार आएको भन्दै अबका दिनमा किताबबाट थप सहयोग पुग्ने योजना शाखा प्रमुख लेखनाथ आचार्यले बताए । दंगीशरण गाउँपालिकाको २०७६ र ०७७ को स्विकृत कार्यक्रम अनुसार पुस २९ गते खरीदार र नासुका लागि सुचना प्रकाशित गरे अनुरुप माघ १७ गते देखि जनजातीहरुका लागि तीन महिने लोक सेवा तयारी कक्षा संचालन गरेको हो ।