लक्ष्मण बस्नेत,
फागुन १३ दाङ । दोस्रो डिभाईन टेम्पल ईन्टर स्कुल टि–२० क्रीकेटको उपाधी हिमाल एकाडेमी तुलसिपुरले हात पारेको छ ।
डिभाईन टेम्पल एकाडेमी तुलसिपुरको आयोजनामा फागुन ८ गतेदेखि अरनिको मैदान तुलसीपुरमा संचालित प्रतियोगिताको आज मंगलबार सम्पन्न फाईनल खेलमा गोरखा माबि तुलसीपुर लाई ५ रनले पराजित गर्दै हिमाल एकाडेमी तुलसिपुरले उपाधी चुमेको हो ।
उपाधीसंगै उसले नगद ३० हजार पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्यो । त्यस्तै फाईनलमा पराजित गोरखा मावि तुलसीपुर उपबिजेतामा सिमित रहँदै नगद १५ हजार पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
२० ओभरको खेलमा टस जितेर ब्याटिङ गर्न खेल मैदान उत्रीएको हिमाल एकाडेमी तुलसीपुर १९ दशमलव ४ ओभरको समाप्तिमा अल आउट हुँदै ७६ रन जोड्न सफल भयो । जसमा प्रशान्त लामिछानेले सर्वाधिक २८ रनको योगदान दिए भने, प्रकाश चलाउनेले १५ रन जोडे । बलिङ तर्फ गोरखा माविका बिमल खत्री ३ र प्रबिण बिकेले २ विकेट लिए ।
प्रतिउत्तरमा ७७ रनको बिजयी लक्ष्य पछ्याएको गोरखा माबी १९ दशमलव ४ ओभरमा अल आउट हुँदै ७१ मात्र जोड्न सक्यो । जसमा धिरज डाँगी,अच्युत थापा र आयुष हमालले ब्यक्तिगत १२, ११ र १० रन बनाए । बलिङ तर्फ हिमालका पुर्ण बहादुर ओलि ३, रोहन बिसि ३ र कपिल धिताल ले २ विकेट लिए । रोहन बिसि म्याच अफ द फाईनल बने ।
पहिलो संस्करण सफलता पुर्बक सम्पन्न गरेको डिभाईन ले बिधालय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई क्रीकेट खेलमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा पश्चिम दाङ अन्र्तगतका निजि तथा सामुदायिक बिद्यालयका १० टिमको सहभागिता रहेको थियो ।
यसैबिच प्रतियोगिताको समापन समारोह डिभाईन टेम्पल एजुकेसन फाउन्डेसनका प्रीन्सीपल भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याब्सन प्रदेश नं. ५ का अध्यक्ष सुबोध कुमार डाँगीको प्रमुख आतिथ्य एवं नेशनल प्याब्सन दाङका अध्यक्ष बिमल गौतमको बिशिस्ट आतिथ्यमा भएको थियो । सो अबसरमा वेस्ट ब्याट्सम्यान अमर बोर्डिङ स्कुल कालाखोलाका गोपाल केसी, वेस्ट बलर अरनीको स्कुल तुलसीपुरका युवराज ओलि, म्यान अफ द सिरिज गोरखा माबी तुलसिपुरका बिमल खत्री र राईजिङ प्लेयर हिमाल एकाडेमीका सुलभ आचार्यलाई घोषीत गरिएको थियो ।
कार्यक्रमको संचालन हिमाल कँडेलले गर्नुभएको थियो ।