२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

नेपालकै १० औं प्रदुषित शहर तुलसीपुर

तुलसीपुर,
१४ फागुन । दाङ तुलसीपुर उपमहानगरपालिकाको वायुको गुणस्तर सूचक (एक्युआई) ७३ रहेको छ । नेपालका प्रदुषित १० शहर मध्ये तुलसीपुर पनि परेको छ । विज्ञहरूका अनुसार वायुमा एक्युआई शून्यदेखि ५० सम्म देखिँदा वायुको अवस्था राम्रो मान्न सकिन्छ भने ५१ देखि १०० सम्म एक्युआई देखिँदा सन्तोषजनक मानिन्छ । तुलसीपुर वायु सन्तोषजनक मानिए पनि यसलाई अझै सुधार गर्नुपर्ने बेला आएको बिज्ञहरुले बताएका छन् ।

त्यसैगरी एक्युआईको मात्रा १०१ देखि २०० सम्म देखियो भने सतर्क हुनुपर्ने, २०१ देखि ३०० सम्म देखियो भने कमजोर अवस्था मानिने, ३०१ देखि ४०० सम्म देखियो भने अति कमजोर (खराब) र ४०१ देखि ५०० सम्म देखियो भने संकटपूर्ण अवस्था मानिने विज्ञहरूको भनाई रहेको छ ।