प्रिया स्मृती गजमेर,
देउखुरी १४ फागुन । लमहीको अन्तराष्ट्रिय क्रिकेट मैदानमा आज बुधवार देखि गोरखा क्रिकेट कप प्रतियोगीता सुरु भएको छ । प्रतियोगिताको दाङ्ग क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँले उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै अध्यक्ष मज्गैयाले दाङ्ग क्रिकेट संघ खेल जगतका लागि योजना बद्ध तरिकाले अघि बढ्ने बताए । खेल र अनुशासनको अन्तरङ्ग सम्बन्ध रहेको बताउँदै आगामी दिनमा खेल क्षेत्रमा बिद्यालयहरुसंग सहकार्य गरेर दाङ क्रिकेट संघ अगाडी बढ्ने बताए । क्रिकेट क्षेत्रमा दाङले उल्लेखनीय सफलता हाँसिल गरेको भन्दै दाङमा पनि राम्रो सम्भावना बोकेका खेलाडी छन र उनीहरुले पनि राम्रो प्रर्दशन गरे राम्रो स्थान पाउने बताए ।
नेपालकै नमुनाको रुपमा रहेको लमही क्रिकेट अन्तराष्ट्रिय मैदानमा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना भैसकेको छ । विद्यार्थीको सर्वा्ङिगन बिकासका लागि मानव जिवनमा खेल अत्यन्तै आबश्यक भएको अन्य सहभागीले जोड दिएका छन् । स्वास्थ तन्दुरुस्त राख्नका लागि पनि खेल अति महत्त्वपूर्ण भएको उनीहरुको भनाई छ । खेलले विद्यार्थीको चौतर्फी बिकास गर्ने भएकोले बेला बेला यस प्रकारका खेलहरुको आयोजना गरिनु पर्ने उनीहरुको माग छ ।
गोरखा ग्रुपका सस्थापक उपाध्यक्ष बिष्णु बहादुर घर्ती मगर तथा क्रिकेट संघ दाङका अध्यक्ष प्रदिप मजगैयाँको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन भएको हो । कार्यक्रममा गोरखा सेकेन्डरी स्कुल तुलसीपुरका एकेडेमी डाइरेक्टर दुर्गा बहादुर केसी, पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष लिला शाह, सम्राट सिमेन्ट कम्पनी प्रालिका जनरल म्यानेजर रेमन्त ढकाल, प्रदेश नम्बर ५/६ का सचिवालय सदस्य कैलाश रोका लगायतले मन्तब्य राखेका थिए ।
गोरखा मोडेल सेकेन्डरी स्कुलका सिईओ डाक्टर जिवराज आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन प्रिन्सिपल लोकमान रिजालले गरेका थिए ।
यसै बीच आज भएको खेलमा गोरखा मोडेल सेकेण्डरी स्कुलको बि टिमलाई सनलाईट मोर्डन बोर्डिंग स्कुलले २७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिंग रोजेको सनलाईटले निर्धा्रित बिस ओभरमा ६९ रन बनाएको थियो । सनलाईट मोर्डन बोर्डिंग स्कुलका महेश बिसीलाई म्यान अफ द म्याच घोषणा गरिएको छ ।
त्यस्तै सर्बा्धिक पाँच विकेट लिन सफल गोरखा स्कुलका माधब भण्डारीलाई बेस्ट बलरको उपाधिले सम्मान गरिएको छ । भोलि बिहिवार हुने प्रतियोगितामा आदर्श माध्यमिक बिद्यालय लालमटिया र गोरखा सेकेण्डरी स्कुल तुलसीपुर बीच प्रतिष्पर्धा हुनेछ भने, भोलि नै गोरखा स्कुल घोराही र श्री आदर्श नमुना माध्यामिक बिद्यालय देउपुर बीच खेल हुने प्रतियोगिताका खेल संयोजक झलक सिंह रसाईलीले जानकारी दिए ।