२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

घोराहीमा मातृशिशु सुरक्षा खुत्रुके बचत कार्यक्रम लागु

घोराही,
१४ फागुन । घोराही उपमहानगरपालिकाले मातृशिशु पोषणका लागि उपप्रमुख आमा तथा शिशु सुरक्षा खुत्रुके बचत कार्यक्रम सुरु गरेको छ । चालूआर्थिक वर्षको वार्षिक कार्यक्रम मार्फत उपमहानगरको स्वास्थ्य शाखाले मातृशिशु पोषणका लागि उपप्रमुख आमा तथा नवशिशु सुरक्षा खुत्रुके बचत कार्यक्रम सुरु गरेको हो ।

आज बुधबार उपमहानगरको वडा नम्बर ४ स्थित स्वास्थ्य चौकी लक्ष्मीपुरबाट मातृशिशु स्वास्थ्य पोषणका लागि एक हजार रुपैयाँ सहित खुत्रुके वितरण कार्यक्रम सुरु गरेको छ । गर्भ अवस्थादेखी सुत्केरी अवस्थासम्म ४ पटक सरकारी स्वास्थ्य संस्थामा गर्भजाँच गराएको र सरकारी स्वास्थ्य संस्थामै सुत्केरी भएका आमाहरुलाई उपमहानगरले एक हजार रुपैयाँ उक्त खुत्रुकेमा हालेर बितरण गरेको हो ।

वडा अध्यक्ष भीमबहादुर सार्कीको अध्यक्षतामा कार्यक्रम गरि नगरका उपप्रमुख सीता सिग्देल न्यौपानेले पहिलो चरणमा ८ जना सुत्केरीहरुलाई जनही एक हजार रुपैयाँ उक्त खुत्रुकेमा हालेर वितरण गरे । केन्द्र सरकारले दिदै आएको १८ सय रुपैयाँ र उपमहानगरले दिएको एक हजार गरी २८ सय रुपैयाँ उक्त खुत्रुकेमा आमाहरुले जम्मा गरेका छन् ।