तुलसीपुर,
१५ फागुन । पूर्व सभामुख कृष्णबहादुर महरालाई तुलसीपुरमा भव्य रुपमा स्वागत गरिएको छ । हिरासतबाट मुक्त भएपछि आफु निर्वाचित क्षेत्रका जनतालाई भेट्न विहिबार महरा तुलसीपुरमा आएका हुन् । तुलसीपुर क्षेत्रका नेकपा नेता कार्यक्रर्ताؘ र शुभेच्छुकहरुलगायत उनका समर्थकहरुले महरालाई भब्य स्वागत गरेका हुन् । उनलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) तुलसीपुर नगर कमिटिले अबिर, खादा र माला लगाई स्वागत गरेका थिए ।
त्यसअवसरमा पूर्व सभामुख महराले आफुलाई सहयोग गर्ने, शुभेच्क्षा प्रकट गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरेका थिए । उनले विगतमा पनि सधै देशकै लागि लडेको र आगामी दिनमा पनि देशकै लागि लड्ने बताएका हुन् ।