२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

कालोपत्रे गर्न समन्वय समिती गठन

तुलसीपुर,
१५ फागुन। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ स्थित नवलपुर प्रिगाउँ हुँदै मोतिपुर सडक खण्ड कालोपत्रे हुने भएको छ ।

तुलसीपुर उपमहानगरपालिका र वडा कार्यालयको संयुक्त अभियान अन्तर्गत प्राधिकरण मार्फत काम गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको वडा अध्यक्ष चित्र बहादुर वलीले जानकारी दिनुभयो । तयारी अन्तर्गत नवलपुर, प्रिगाउँ र मोतिपुरका स्थानीयहरुको उपस्थितिमा आज नवलपुरमा भएको भेलाले उक्त सडकलाई १२ मिटर को अबधारणा अनुसार बिस्तार गर्ने निर्णय गरेको तुलसीपुर ११ का वडा सदस्य सुबास डाँगीले जानकारी दिनुभयो । वडा सदस्य डाँगीका अनुसार वडा समितिको निर्णय अनुसार प्राधिकरण अन्तर्गत करिब ४ सय मिटर उरहरी वडाको सिमानादेखि उरहरी स्कुल हुँदै दामोदर सडक सम्म र बाँकी नवलपुर प्रिगाउ हुँदै मोतिपुर सडकमा गरि ३ किलोमीटर कालोपत्रे हुनेछ ।

स्थानीय समाजसेवी शिबचन्द्र गौतमको अध्यक्षता एबम तुलसीपुर ११ का वडा सदस्य सुबास डाँगीको प्रमुख आतिथ्यमा भएको भेलाले नेत्रमणी शर्मा अध्यक्ष रहेको उपभोक्ता तथा समन्वय समिती गठन गरेको छ । जसको सचिबमा बिक्रम शाह, कोषाध्यक्षमा बिस्नी चौधरी रहनु भएको छ, भने सदस्यमा दल बहादुर वली, भारपोस्तक बिक, बुझौना चौधरी र जुद्ध बहादुर बस्नेत रहनु भएको छ । भेलाले सडकमा पर्ने भौतिक संरचना हटाउन २०७८ असार मसान्त सम्मको समय सिमा तोक्ने निर्णय गरेको छ भने स्थानियहरुले पक्की नालाको समेत ब्यबस्थापन गर्नका लागि सम्बन्धित निकायमा पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

भेलाको सहजीकरण समाजसेवी खिम बहादुर वलीले गर्नुभएको थियो ।