२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

राप्ती गाउँपालिका सडक मानवमुक्त घोषणा

मसुरीया,
१५ फागुन । दाङको राप्ती गाउँपालिकालाई नेपालकै दोस्रो सडक मानवमुक्त गाउँपालिका घोषणा गरिएको छ । राप्ती गाउँपालिकाको आयोजना एवं निल सागर सेवा आश्रमको समन्वयमा गाउँपालिकालाई सडक मानवमुक्त गाउँपालिका घोषणा गरिएको हो ।

प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बरालले घोषणा पत्र पढेर राप्ती गाउँपालिकालाई सडक मानबमुक्त घोषणा गरेका हुन । घोषणा कार्यक्रममा बोल्दै मन्त्री बरालले कुनै पनि मानव कुनै पनि कारणबाट सडकमा आउन दिन नहुने बताएका छन।

मन्त्री बरालले सडकमा आएका मानवलाई अभिभावकत्व ग्रहण गर्ने बाताबरण तयार पार्ने जिम्मेवारी सबैको रहेको बताएका थिए । प्रदेशलाई सडक मानवमुक्त प्रदेश बनाउने नीति समेत तयार भइसकेकोले उक्त नीतिलाई आत्मसाथ गर्दै सबै स्थानीय तहलाई कार्यक्रम गर्न निर्देशन समेत दिए ।