२०७८ बैशाख २९ गते बुधवार
२०७८ बैशाख २९ गते बुधवार

तुलसीपुर उपमहानगरको छैठौं नगरसभा फागुन १६ गते हुने

तुलसीपुर,
१५ फागुन । तुलसीपुर उपमहानगरपालिकाको छैंठौ नगरसभा फागुन १६ गते हुने भएको छ । हिउँदे अधिवेशनका रुपमा समेत रहेको नगरसभामा उपमहानगरपालिकाले विभिन्न ऐन कानुन समेत पास हुने नगरप्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिएका छन् ।

उनका अनुसार आर्थिक वर्ष २०७६र७७ का लागि संशोधित योजना तथा वजेट समेत प्रस्तुत गरिने भएको छ । उपमहानगरपालिकाले गरेको केही संशोधित करका वारेमा समेत वैठकमा छलफल हुने भएको छ ।

उपमहानगरपालिका विधान समितिले नगर सभामा प्रस्तुत हुने सबै कानुनका वारेमा तयारी भइसकेको समेत जानकारी दिएको छ । तुलसीपुर उपमहानगरपालिकाको सभाहलमा हुने सभामा विभिन्न समितिको विषयगतका वारेमा विभिन्न छलफल गर्नेछ ।