तुलसीपुर,
१५ फागुन । पश्चिम दाङको बागरखोलामा भएको मोटरसाईकल दुर्घटनामा एक युवकको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा निवासी १९ बर्षका गौरब डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । दुर्घटना रातको करिब ९ बजे भएको थियो ।
अश्वाराबाट पश्चिम तर्फ गईरहेको रा ४ प १२७० नम्बरकाे मोटरसाईकल दंगीशरण गाउँपालिका–५ बागरखोलामा दुर्घटना हुँदा गम्भिर घाईते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज लग्दै गर्दा अमिलियामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र बहादर डमरपालले जानकारी दिए ।
तीव्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।