२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

कोरोना भाइरस : जापानका विद्यालय बन्द

काठमाडौं,
१६ फागुन । कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट रोक्नको लागि जापानभर विद्यालयहरू बन्द गर्न लागिएको छ । बिहीबार प्रधानमन्त्री शिन्जो आबेले नयाँ कोरोना भाइरसको सङ्क्रमण रोक्नको लागि देशभरका विद्यालय केही हप्ता बन्द गर्न आग्रह गर्नुभएको हो ।

जापानमा कोरोना भाइरसका कारण चौथो व्यक्तिको ज्यान गएपछि प्रधानमन्त्रीले यस्तो आह्वान गर्नुभएको हो । कोरोना भाइरस सङ्क्रमित यात्रु भेटिएपछि जहाजमा नै क्वारेन्टाइनमा राखिएका करिब ७०० यात्रुलाई जापानमा डायमण्ड प्रिन्सेस नामक पानीजहाजका चालक दलका सदस्यले छोडिदिएपछि पछिल्लो कदम आएको हो ।

‘सरकारले बच्चाहरूको स्वास्थ्य र सुरक्षालाई अरूभन्दा उच्च प्राथमिकता दिनुपर्छ,’ आबेले भन्नुभयो । हामी देशभरका सबै प्राथमिक निम्न माध्यामिक र माध्यमिक विद्यालयलाई यही मार्च २ गतेदेखि अस्थायीरूपमा केही समयका लागि अर्थात् हिउँदे बिदासम्मका लागि बन्द गर्न आह्वान गरेका छौँ ।