तुलसीपुर,
फागुन १६ । तुलसीपुर उपमहानगरपालीकाको १९ वटै वडामा आजदेखि खोप अभियान शुरु हुँदैछ। उपमहानगरपालिका भित्रका ९ महिनादेखि ५९ महिनाका १४ हजार ९ सय ३६ बालबालिकालाई दादुरा रुबेला खोप लगाईदैछ भने जन्मेदेखि छ वर्ष मुनिका १७ हजार ९ सय ९७ बालबालिकालाई पोलियो थोपा समेत खुवाईने कार्यक्रम रहेको तुलसीपुर स्वास्थ्य प्रर्वद्धन शाखाले बताएको छ ।
देशव्यापी रुपमा सञ्चालन गर्नै अभियान अन्तरगत दाङमा पहिलो चरण अन्तरगत छ वटा पालिकावाट अभियान शुरुवात गरिदैछ । जस अनुसार तुलसीपुरमा १ सय ३० खोप केन्द्र निर्धारण गरिएको छ । जसका लागी १ सय ४५ स्वास्थ्यकर्मी र २ सय ७० महिला स्वास्थ्य स्वयंम सेविका परिचालन गरिएको जनस्वास्थ्य निरीक्षक विमल केसीले बताएका छन् । प्रत्येक वडामा सवैलाई पाएक पर्ने स्थानमा बुथ राखीएको छ भने स्वास्थ्य संस्थाहरु मार्फत पनि सेवा दिईने जनाईएको छ ।