२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

दादुरा, रुवेला विरुद्धको खोप लगाउन नछुटाऔं : भण्डारी

तुलसीपुर,
१६ फागुन । दाङको तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्टिपटल प्रालिका निर्देशक जीवन भण्डारीले सवैले आफ्ना बच्चालाई दादुरा, रुवेला तथा पोलियो खोप लगाउन अनुरोध गरेका छन् । आज शुक्रबार हस्पिटलमा भएको खोप केन्द्रको उद्घाटन गर्दै भण्डारीले कसैले पनि आफ्ना बच्चालाई दादुरा, रुवेला तथा पोलियो खुवाउन नछुटाउन अनुरोध गरे ।

राप्ती लाईफ केयरमा पनि खोप केन्द्र रहेको भन्दै सबैजना खोप लगाउन आउन निम्ता समेत दिए । मुलुकबाट दादुरा, रुवेला तथा पोलियो निवारण गर्ने लक्ष्य लिएकाले यसमा सबैले जागरुक भएर लाग्नुपर्ने समेत बताए । उनले पाँचबर्षमुनिका वालवालिकालाई ति खोप लगाउन अनुरोध गरे । सरकारले नेपालमा सन् २०२३ सम्ममा दादुरा रुवेला र पोलियो निवारण गर्ने लक्ष्यका साथ अभियान संचालन भईरहेको छ ।

दादुरा रुवेला विरुद्धको खोप बच्चा जन्मेको ९ महिनादेखि ५ वर्षमानिका बालबालिकालाई लगाईन्छ भने पोलियो खोप बच्चा जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई दिने गरिन्छ ।