२०७७ माघ ६ गते मङ्गलवार
२०७७ माघ ६ गते मङ्गलवार

घोराही उपमहानगर सडक मानब मुक्त घोषणा

घोराही,
१६ फागुन । घोराही उपमहानगरपालिकालाई बेवारिसे सडक मानब मुक्त नगर घोषणा गरिएको छ । मानवले मानवलाई मानवको रुपमा माया, ममता र सहयोग गरौँ भन्ने नाराका साथ उपमहानगरलाई आज बेवारीसे सडक मानब मुक्त नगर घोषणा गरिएको हो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी पूर्ब सभामुख कृष्णबहादुर महराले बेवारीसे सडक मानब मुक्त भएको लेखिएको व्यानर पढेर घोषणा गरेका छन।

कुनै पनि व्यक्तिलाई परिवारले नै घरमा माया ममता र संरक्षणका साथ राख्नुपर्ने सन्देश दिदै निल सागर सेवा आश्रम सिसहनियाको सहकार्यमा उपमहानगरले नगरलाई बेवारीसे मानब मुक्त नगर घोषणा गरेको हो । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले कोही पनि व्यक्तिलाई सडकमा आउन नदिन परिवार जिम्मेवार हुनुपर्ने बताए ।