२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

त्रिसिद्देश्वरी राप्ती प्रालिको अध्यक्षमा पुन: हमाल निर्वाचित

तुलसीपुर,
१६ फागुन ।  दाङको तुलसीपुर स्थित त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्षमा सुरेश हमाल सर्वसम्मत भएका छन् । प्रालिको आज शुक्रबार भएको पहिलो अधिवेशनबाट हमाल सर्वसम्मत अध्यक्ष बनेका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी हरि केसीले हमाललाई नै समर्थन गरेपछि अध्यक्षको सर्वसम्मत चयन गरिएको हो । अन्य पदाधिकारीहरुको भने अझै टुंगो लाग्न सकेको छैन् । अन्य ११ सदस्यकालागि निर्वाचन हुने भएको हो । ११ पदकालागि १८ जनाको उम्मेदवारी परेको प्रालिका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिए ।

यस अघि राप्ती अञ्चल सार्बजनिक बस व्यबसायी समिति रहेको थियो । तर सरकारले समितिलाई प्रालिमा ल्याएपछि उक्त समिति पनि प्रालिमा आएको हो । प्रालिमा आएपछि पहिलो अधिबेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।