२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

टी-२० क्रिकेटमा सन्दीप लामिछानेकाे १०० विकेट पूरा

काठमाडौँ,
१७ फागुन । सन्दीप लामिछाने ट्वान्टी–२० क्रिकेटमा १०० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । आज शनिबार इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत मलेसियाविरुद्ध उनले ३ विकेट लिँदै सय विकेट पूरा गरेका हुन् ।

शनिबार थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा सन्दीपले मलेसियाका विरनदीप जगजित सिंह, अनवर अरुद्दीन र खिजर हायात दुर्रानीको विकेट लिएर कीर्तिमानी बनाएका हुन्। उनले ७५ खेलमा १०१ विकेट लिएका छन्। उनले आफ्नो पहिलो ओभर मेडन राख्दै २ विकेट चड्काएका थिए।

सन्दीपको बलिङमा मलेसियाका ३ जना ब्याट्म्यानलाई पवन सर्राफले क्याचआउट गराएका थिए ।